जन्मदिनको अवसरमा वृद्धवृद्धालाई सामुहिक भाेजन

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २७ तालचाेकमा रहेकाे लिटिल गार्डेन स्कुलले विद्यार्थीहरुकाे जन्मदिनको अवसर पारेर वृद्ध आश्रममा भाेजन सम्पन्न गरेकाे छ । वैशाख देखि भाद्र महिना सम्ममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाे जन्मदिनको उपलक्ष्यमा केक काट्ने परम्परालाई ताेड्दै त्यस वापतकाे रकम संकलन गरि पाेखरा ३२ लामेआहालमा रहेका राधाकृष्ण वृद्ध आश्रममा रहेका ७० जना र ४० जना वटुकलाई सामुहिक भाेजन गराएका छन् । कार्यक्रममा वाेल्दै प्रमुख अतिथी विद्यालयकी प्रचार्य डा ऋतु पाैडेलले विगत बर्ष सम्म नियमित रूपमा केक काटेर मनाउने गरेकोमा,मिति २०८१ बैशाख १ गतेदेखि,केक काट्ने प्रचलन हाम्रो परम्परा र संस्कृतिमा पनि नपर्ने भएकोले त्यस कार्यलाई बन्द गरिएको ब्यहोरा सहर्ष अवगत गर्दै धार्मिक परम्परा र ईतिहासकाे सम्मान गर्नु पर्नेमा जाेड दिएकि थिईन्। “बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी,”भन्ने मूल नाराका साथ , ६० औ राष्ट्रिय बालदिवसकाे अवसरमा त्रिदिवसिय विभिन्न कार्यक्रम अन्तर्गत आयाेजित पहिलाे दिन भाेजन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद वरालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष प्रेम लिगल, कार्यवाहक अध्यक्ष विश्व लामिछाने विद्यालयका गुरु प्रसाद घिमिरे लगाएतले सफलताकाे शुभकामना दिनुका साथै सञ्चालन विद्यालयकी शिक्षक सविना हमालले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्