क्यानेडियन मल्टीकल्चरल काउन्सिलमा बहुसांस्कृतिकता र नेतृत्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रोफेसर तुलसी धरेललाई ‘किङ चाल्स थर्ड कोरोनेसन’ मेडलबाट सम्मानित गरिएको छ।
यो मेडल उनलाई बेलायतका राजा चाल्स तृतीयको राज्याभिषेकको उपलक्ष्यमा अन्टारियो प्रान्तले प्रदान गरेको हो।
आइतबार टोरन्टोमा आयोजित एक समारोहमा, जसमा अन्टारियो प्रान्तका प्रिमियर डग फोर्ड उपस्थित थिए, यहाँका सोलिसिटर जनरल माइकल एस. कर्जनरले धरेललाई मेडल प्रदान गरे।
मेडल प्राप्त गरेपछि डा. धरेलले आफूलाई यस सम्मानका लागि चयन गर्ने राजनीतिक र सांस्कृतिक नेताहरूप्रति आभार व्यक्त गरे।
सोही अवसरमा अन्टारियोमा विभिन्न क्षेत्रहरूमा योगदान गर्ने अन्य व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो।
चितवनका स्थायी बासिन्दा रहेका डा. धरेल हाल क्यानेडियन मल्टीकल्चरल काउन्सिलका अध्यक्ष र टोरन्टोको सेन्टेनियल कलेजमा प्राध्यापन गर्छन्।