पोखरा विश्वविद्यालयको सम्पुर्ण ताला खुल्यो

समाचार बिज
  • ख-
  • ख+

पोखरा विश्वविद्यालयमा भएको सम्पुर्ण तालाबन्दी खुलेको छ । करारमा कार्यरत प्राध्यापकहरु विभिन्न माग राखेर विगत ४ दिन देखी तालावन्दी र हातमा कालोपट्टी लगाएर काम गर्दे आइरहेका थिए । प्राध्यापकहरुको कामलाई सम्वोधन गर्दे विश्वविद्यालयका रजिष्ट्र दिपक भण्डारीले करार प्रध्यापकको स्वत म्याद थप्न र के सरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा तत्काल एक समिति वनाएर, समितिको राय अनुशार काम अगाडी वढाउने मौखिक सहमती अनुशार तालावन्दी लगाएत सवै आन्दोलन हाललाई स्थगत गरिएको आन्दोलनका संयोजक निरज खड्काले जानकारी दिए । खड्काले विश्वविद्यालयमा विभिन्न परिक्षा चलिरहेको हुँदा र प्रज्ञिक तहका शिक्षकहरुको आन्दोलनले विभिन्न असर परेकोले हाललाई वार्ता र सहमती मार्फत अनुरोध गर्ने र समितीको निर्णय कुर्ने समय सम्म सवै खाले आन्दोलन फिर्ता लिएको वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्