इलाम- १ मा पुनः मतदानको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट खारेज

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले इलाम–१ मा पुनः मतदानको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।

आफू पराजित भएपछि खनालले पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी गरेको थियो।

सर्वोच्चले बुधबार उक्त रिट खारेज गरेसँगै एमालेका बस्नेतले वैधानिकता पाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्