नेपाली काङ्ग्रेसले गर्याे गण्डकी प्रदेश समानुपातिक सासद्काे चयन

समाचार बिज
  • ख-
  • ख+

sharethis sharing button
गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २४ मंसिर/ नेपाली काग्रेसले गण्डकी प्रदेशका लागि नेपाली काग्रेसले सामनुपातिक तर्फका सांसद चयन गरेको छ ।

नेपाली काग्रेसले दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन गरेको छ । त्यसै गरी जनजाति महिलातर्फ विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ ।

यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन् । बन्दसुचिमा रहेको नामबाट चयन भएका हुन् । नेपाली काग्रेसले गण्डकी प्रदेशमा ९ जना सामानुपातिकमा सांसद पाएको थियो ।

एमालेले १०, कांग्रेसले ९ र माओवादीले ३ सीट पाएको छ । यसअघि पनि यि तीनै पार्टीले सोही सीट पाएका थिए ।
समानुपातिको सहित नेपाली काग्रेस पहिलो पार्टी बनेको छ ।

काग्रेसले २७ सिट जित्दा, एमालले २२ सिट, नेकपा माओवादीले ८, राप्रपा २ र राजिब गुरुङ नेकपा एसमा प्रबेश गरेर सगँ एक सिट नेकपा एसको रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्