पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने।

समाचार बिज
  • ख-
  • ख+

पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ। ।

राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद गण्डकीको आयोजना गरेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी आज पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ।

ब्याडमिन्टनतर्फका खेल भने मंगलबारदेखि नै सुरु भइसकेको छ।

  एथ्लेटिक्स, रग्वी, ब्याडमिन्टनसँगै बास्केटबल,  टेबलटेनिस र बुद्धिचाल (चेस) मा प्रतिस्पर्धा हुने भएको छ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सर्टफुट, लङजम्प र १६ सय मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ।

ब्याडमिन्टन र टेबलटेनिसतर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी ५/५ इभेन्टमा खेलाडी भिड्ने छन्।

सबै खेलमा छात्र छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ।

कुल ६३० जना खेलाडी सहभागी हुने जनाइएको छ।

‘कुनै पनि खेलकुदको जग विद्यालयबाटै प्रारम्भ हुन्छ भन्ने हामी सबैलाई थाहा छ। तर, वर्तमान अवस्थामा विद्यालयस्तरमा प्रतियोगिता जति प्रभावकारी हुनुपर्थ्यो त्यति नभएकोले गर्दा र आगामी दिनमा  अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघहरुले गर्ने प्रतियोगितामा अवसरको ढोकाहरु दिलाउनका लागि
हामीले यस प्रतियोगिता गर्न लागेको ” अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य तथा यस प्रतियोगिताका समितिका सदस्य राजकुमार कार्कीले भने ।

यु -१५  प्रतियोगिता संचलान तथा ब्यबस्थापक समितिमा अन्जन धमला संयोजक ,राज कुमार कार्की सदस्य ,मीन शर्मा सचिव गरी पांच जना यु -१५  प्रतियोगिता संचलान तथा ब्यबस्थापक समितिमा रहेका छन्।

आयोजकले बुधबार  दीउंसो प्रतियोगिताको उद्घाटन गर्ने तयारी गरेको छ।

यु–१५ विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्न एक करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ३२ लाख रुपैयाँ प्रदेश खेलकुद परिषद गण्डकीले व्यहोर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्