सुदूरपश्चिममा मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्न माओवादीको दबाब

समाचार बिज
  • ख-
  • ख+

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सरकार विस्तार गर्न मुख्यमन्त्रीलाई दबाब दिएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको बताइएको छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीलाई सरकार विस्तार गर्न आग्रह गरिएको तर उनले शीर्ष तहमा छलफल गरिरहेकाले त्यसपछि मात्र जवाफ दिने बताएको जानकारी दिए ।

माओवादी केन्द्रले सत्ता साझेदार दल एमाले तत्काल सरकार नजाने रणनीतिमा रहेका बेला मुख्यमन्त्रीलाई सरकार विस्तार गर्न दबाब दिएको हो ।

माओवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । एमाले भने केन्द्रबाट कुनै निर्देशन प्राप्त नभएकाले तत्काल सरकारमा नजाने अडानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्