रियलले जित्यो च्याम्पियन्स लिगको १५ औँ उपाधि

समाचार बिज
  • ख-
  • ख+

स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अर्को उपाधि जितेको छ । बेलायतको लन्डनस्थित वेम्बली रंशशालामा शनिबार राति भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

यससँगै रियलले च्याम्पियन्स लिगको १५ औँ उपाधि जित्न सफल भएको छ । उसको छेउछाउ कुनै क्लब पुग्न सकेका छैनन् । रियलपछि इटालियन क्लब एसी मिलानले ७ वटा उपाधि जितेको छ । यो रियलले जितेकोको आधाभन्दा कम हो

शनिबार राति रियललाई कीर्तिमानी १५ औँ उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

null

कार्भाजालले ७४ औं र भिनिसियसले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गर्दै रियलको खाता खोले । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा भिनिसियसले अर्को गोल गरेका हुन् ।

डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा मौका खेर फाल्दा स्ट्राइकर निकलस फुलक्रगको प्रहार पोस्टमा लागेको थियो ।

यससँगै डर्टमुन्ड भने रियललाई रोक्दै आफ्नो दोस्रो च्याम्पियन्स लिग उपाधि जित्न असफल भएको छ । सन् १९९७ मा जितेयता उसले उपाधि जित्न सकेको छैन । उ फाइनलमा चुक्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्