लक्ष्मि आदर्श मावि भुपु विद्यार्थीमा मदन मुरारीकाे नेतृत्व

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २७ ज्यामिरकुनामा रहेकाे लक्ष्मी आदर्श मावि भुपु विद्यार्थी एसाेसिएसनकाे अध्यक्षमा मदन मुरारी शर्माकाे अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध चयन भएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मणि लामिछानेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाेखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमर्कट्टेल, विद्यालयका प्रधानाध्यापक शिवमणी भण्डारी लगाएतले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
निर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा मन्त्रीलाल उलक, सचिव कृष्णप्रसाद वास्ताेला, सहसचिव आेमकार पाण्डे, काेषाध्यक्ष कुषलवावु लामिछाने, सदस्यहरुमा धिरज थापा, कविता भुषाल,विजय सापकाेटा, उत्तम प्रकाश वराल, मञ्जु भण्डारी, सुनिता लामिछाने रहनुभएकाे छ । एसाेसिएसनका अध्यक्ष खडानन्द लामपछानेले गर्नुका साथै सञ्चालन सचिव गुमनाथ लामिछानेले गर्नुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्