टी–२० विश्वकप शुरूः उद्घाटन खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै आयोजक अमेरिका

समाचार बिज
  • ख-
  • ख+

१० औँ आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ ।  उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् ।

अमेरिकाले पहिले फिल्डिङ गरिरहेकाे छ । कप्तान मोनाक पटेलले टस जितेर फिल्डिङ गर्ने निधो गरेका हुन् ।

समूह ‘ए’को यो खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भइरहेको छ ।

null

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ ।

प्रतियोगितामा २० टोली सहभागी छन् । आज साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेलमा जुन ५मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्