नेपाली जनसम्पर्क समिति क्यानाडाले ओन्टारीयो प्रोभियन्सका (प्रिमियर )मुख्य मन्त्री डर्ग फोर्ड संग बिशेष भेटघाट ।

समाचार बिज
  • ख-
  • ख+

नेपाली जनसम्पर्क समिति क्यानाडाले ओन्टारीयो प्रोभियन्सका (प्रिमियर )मुख्य मन्त्री डर्ग फोर्ड संग बिशेष भेटघाट गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यानाडा समितिका सभापती बुद्धि प्रकाश वली ,महामन्त्री बसन्त कार्की, संस्थाका केन्द्रिय सदस्य तथा सांस्कृतिक संघका संयोजक रिता बुर्लाकोटी,केन्द्रिय सदस्य कलाधार बि.क., समेतको प्रतिनिधी मण्डलले ओण्टरिओ का  यातयात मन्त्री  प्रबमित सरकारीया , दिपक आनन्दको  अगुवाइमा  बिशेष भेट गरी बिभिन्न मागको लागि ध्यानाकर्षण गरिएको थियो।

क्यानाडको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोगका लागी समिति ले धेरै समय अगाडी देखी पहल गर्दै आईरहेको थियो भने हालै एन आर एन ए क्यानाडाले समेत्                                 नेपाली भाषाबाट ड्राइभींग लाइसेन्स  लिनको लागि नेपाली भाषा बाट परिक्षा दिन पाउनको लागि  यातायात मन्त्री भेटी पहल  गरेको थिय।

हाल क्यानडाको सबै प्रभयिन्समा खास गरी नेपाली बिधार्थी र नेपाली समुदायको जनघनत्व बढ्र्दै गहरहेको ले ओन्टारीयो लगायत सबै प्रभीयन्समा लागु हुने गरी सवारी चालक अनुमती पत्र तथा सरकारी कामकाज का परिक्षमा नेपाली भाषाको प्रयोग गर्न प्रदेश सरकार का यातायत मन्त्री माननीय प्रबमित सरकारीया ,माननिय दिपक आनन्द र (प्रियमर)  मुख्य मन्त्री फोर्ड लाई कार्यक्रमा ध्यानकर्षण गराइएको थियों।

कार्यक्रममा नेपाली जनसम्पर्क् समिती क्यानाडाका  केन्द्रिय सदस्य कलाधर बि के ज्यु ले  क्यानाडा बासिहरुको लागि चाहिने रक्त दान सेवा ११ औ पटक गरिरहुनु भयकोमा ओनटारीयो प्रदेशका यातायात माननिय मन्त्री ले कदर पत्र बाट सम्मान गरिएको थियों।

भेटमा  संघिय सरकार मार्फत सो कार्य अगाडी बढिसकेको र छिट्टै कार्यन्यवन हुने प्रतिवद्धता जनाए ।

कोभिढ महामारी मा प्रिमियर फोर्ड संगको सहकार्यमा समितिका महामन्त्री बसन्त कार्कीको सक्रियतामा क्यानडा सरकार मार्फत नेपालमा १६ हजार पि.पि.ई. २७ थान भेन्टिलेटर र सो को अन्य आबश्यक सामाग्री सहयोग गर्न सफल पार्नुभएकोमा प्रिमियर फोर्ड लाई समितिका सभापती बुद्धि प्रकाश वलीले धन्यवाद ज्ञापन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्