तालचोक वजारको व्यवसायी विच अन्तरक्रिया

समाचार बिज
  • ख-
  • ख+

पोखरा २७ तालचोकमा रहेको तालचोक वजार व्यवस्थापन समितीले व्यवसायीहरुसँग वजारको अवस्था वारे अन्तरक्रिया गरेको छ । समितिको सातौ साधारण सभा, अन्तरक्रिया तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको हो । कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसाय रहेमा मात्र वजार समिती र लेखानाथ उद्योग वाणिज्य संघ रहने भएकोले सवैजनालाई निर्वाहमुखी मात्र नभई व्यवसायीक वन्न आग्रह समेत गर्नु भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा महानगरपालीका वडा नं २७ का वडा अध्यक्ष पुर्ण गुरुङ्गले अव महानगरको वजेट योजनामा रहेको र व्यवसायका समस्यालाई समाधान गर्ने वजेट तयारीका लागी सुझावहरु दिन अनुरोध गर्नुभयो । गुरुङ्गले लेखनाथ क्षेत्रमा वढ्दो फुटपाथ हटाउन सवै एकजुट हुनुपर्ने र वाटो निर्माणमा हुने ढिलासुस्तीलाई सवैले दवाव दिएर समयमा नै सम्पन्न गर्न पहल गर्न महानगर नै प्रतिवद्ध रहेको समेत जानकारी दिनुभयो ।
तालचोक वजार व्यवस्थापन समितिका अध्यक्ष सुजन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिशुवा वजार व्यवस्थापन समितीका अध्यक्ष शिवराज अधिकारी, समितीका सस्थापन अध्यक्ष ऋषीराम भण्डारी, सल्लाहकार वावुराम गिरी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । तालचोक स्थित शुभम् पार्टी प्यालेसमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष वलराम वरालले गर्नुका साथै सञ्चालन सचिव सन्दिप पौडेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्