एनसेलले माग्यो सेवाग्राहीसँग माफी

समाचार बिज
  • ख-
  • ख+

बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै  माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।

एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि माफी समेत मागेको छ ।

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्