एसके इभेन्ट्सले मह जोडिलाइ एक दशक पछि एडिलेडको मञ्चमा ल्याउदै।

समाचार बिज
  • ख-
  • ख+

विज्ञान कार्की

महजोडि चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि एडिलेडको मञ्चमा दर्शक माझ आउने भएका छन्।

एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित “महजात्रा एडिलेड” जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ।

मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवको अविस्मरणीय साँझको प्रतिज्ञा गर्नेछन्।

ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हरिएको छ ।

यस प्रतिष्ठित स्थलमा दिग्गज नेपाली कलाकारहरुको प्रस्तुतिको साथ, “महाजात्रा एडिलेड” आफ्नो सांस्कृतिक समृद्धि र हास्य प्रस्तुतिले दर्शकहरूलाई इतिहास रच्न तयार रहेको एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए ।

शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस जोडिएको छ।

एक्सपर्टका प्रबन्धक रुपक बर्तौलाले” यो महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन साझेदारीलाई सुदृढ गर्दै। यस ऐतिहासिक क्षणको हिस्सा बन्ने र एडिलेडको स्टेजमा अन्य पौराणिक कलाकारहरूसँग महा जोडीको जादूको साक्षी हुने मौका बन्नूहुन र यस कार्यक्रममा जोड़ीन पाउदा ख़ुशी ब्यक्त गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्