विद्यालय बास्केटबल विकासका लागी नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल बास्केटबल संघ बिच सम्झौता

समाचार बिज
  • ख-
  • ख+

विद्यालय तहदेखि बास्केटबल विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ,नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ रनेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा एनएसएसएफका उपाध्यक्ष  मोहनकुमार कार्की, एनएसएसएफका सचिव सोविनराज रेग्मी, नेवाका महासचिव  नरेन्द्र थापा, एनएससी बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीको उपस्थिति थियो।
प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबल विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्