राष्ट्रिय सभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन् राजीनामा

समाचार बिज
  • ख-
  • ख+

राष्ट्रिय सभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए। उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्। अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दलबाट लिने सहमति थियो।

सुरूमा उपाध्यक्ष एमालेले लिने दलहरूबीचको सहमति पत्रमा उल्लेख भए पनि नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमा ल्याउँदा उक्त बुँदा हटाइएको थियो।

urmila1-1711615855.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्