लेकसिटी युथ क्लवकाे अध्यक्षमा राजन

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ २२ मसिर
पाेखरा २७ तालचाेकमा रहेकाे लेकसिटी युथ क्लवकाे अध्यक्षमा राजन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । क्लवकाे ८ अाै अधिवेशन तथा १६ अाै साधारणसभा वाट अधिकारीकाे नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएकाे हाे । क्लवकाे उपाध्यक्षमा प्रज्वल गुरुङ, सचिवमा विश्वास वराल, सहसचिवमा सुमन मल्ल, काेषाध्यक्षमा सुरज क्षेत्री, सदस्यहरुमा सुस्मिता भुर्तेल, सागर राना, विशाल सेन ठकुरी, प्रिती गुरुङ, सविन मणि भण्डारी, प्रेम भण्डारी , सुजन विक रहेका छन् ।यश अघि कार्यक्रममा वाेल्दै प्रमुख अतिथि क्लवका सस्थापक अध्यक्ष सुरज जंग राणाले युवाहरु एक भएर अगाडि वढ्नु पर्ने र तालचाेककाे विकासमा लाग्नु पर्नेमा जाेड दिए । क्लवका अध्यक्ष अर्जुन भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गाेपिकृष्ण तिवारीले गर्नुकाे साथै सञ्चालन क्लवका पुर्व सचिव एव सञ्चारकर्मी सन्दिप पाैडेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्