किसान आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई लामिछानेको चेतावनी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद लामिछानेले देशभरका दुध किसान र मह किसान मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । त्यसबाट पीडित किसान आन्दोलनमा रहेको र त्यो किसानको आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिउनले दिए । भूमिहीन सुकुम्बासीहरूलाई चुनावी प्रचारका लागि भूमि दिइन्छ भनेर आश्वासन दिइएको पनि उनको भनाइ थियो ।

‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ,’ लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होसियार रहनुहोला । भूमिहीन सुकुम्वासीहरूलाई चुनावी फण्डाका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस् । यसलाई खेलाँची रुपमा नलिओस् ।’

लामिछानेले आफ्नो निर्वाचन क्षेत्र रहेको चितवनको भरतपुरको फोहोर व्यवस्थापन पेचिलो विषय बन्दै गएको पनि बताए । उनले भरतपुर वडा नम्बर ३ को नगर वनको विकल्प यथाशीघ्र खोज्न पनि माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्