नेपालको आयात–निर्यात खुम्चिने क्रम जारी, ७ महिनाको व्यापार घाटा ८ खर्बमाथि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपालको आयात निर्यात दुवैमा गिरावट आएको छ। चालू आर्थिक वर्षको सात महिना (माघसम्म) मुलुकको आयात निर्यात दुवै घटेको विवरण भन्सार विभागले बुधबार सार्वजनिक गरेको हो।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्म नेपालबाट कुल ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा भित्रिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो।

गत आर्थिक वर्षको यही अवधिमा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको तथ्यांक विभागसँग छ। यस्तै, माघसम्म नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यो गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको सोही अवधिमा कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। सात महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ बराबर रहेको छ। गत वर्षको यही अवधिमा कुल ८ खर्ब २५ अर्बको व्यापार घाटा थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्