त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ केजी सुनसहित भारतीय नागरिक पक्राउ

समाचार बिज
  • ख-
  • ख+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।

सोमबार राति फ्लाइ दुबईको फ्लाइटमा दुबईबाट काठमाडौं आएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेलबाट पक्राउ गरेको हो।

अर्धठोस अवस्थामा रहेको करिब ८ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका हुन्।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छलेर लैजान लागेको उक्त सुनसहित पक्राउ परेका हुन्।

प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा पठाउने तयारी गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्