‘वर्ल्डलिङ्क कम्युनिकेसन कम्पनी स्तरीय फुट्सल टुर्नामेन्ट नेपालभर सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

‘वर्ल्डलिङ्क कम्युनिकेसन लि. ले प्रत्येक वर्ष आयोजना गर्ने कम्पनी स्तरीय फुट्सल टुर्नामेन्ट यो बर्ष पनि नेपालभर सम्पन्न भएको छ । देशका सातै प्रदेश मा हुनेखेलमा प्रदेश बाट बिजेता टिम ले राष्ट्रिय टिम मा प्रवेश पाउने छ .जस अन्तर्गत ‘वर्ल्डलिङ्क फुट्सल टुर्नामेन्ट प्रदेश ५ ’को उपाधी रास्ट्रबैंक शाखाले शनिबार पोखराको स्पोर्ट्स क्यासल मा भएको फाइनल खेलमा अमरसिङ शाखालाइ २-० को गोल अन्तर ले पराजित गर्दै हात पार्न सफल भएको छ ।

वर्ल्डलिङ्क प्रदेश ५  को आयोजनामा सम्पन्न टुर्नामेन्टमा प्रदेश ५ भित्रका शाखाबाट १२ टिमले सहभागी जनाएका थिए। सहभागी १२ टिम मध्ये सेमिफाइनलमा ४ टिम पुग्न सफल भएका थिए।

शनिबार  भएको उक्त प्रतियोगिता अबधी भरकै उत्कृस्ट खेलाडी हरुलाइ पुरस्कृत गरिएको थियो जस अन्तार्गत उत्कृस्ट गोल रक्षक को रुपमा गोल रक्षक किरन गुरुङ, रास्ट्रबैंकशाखाले जित्न सफलभएको  थियो,  भने उत्कृस्ट खेलाडी को उपाधी सोहि शाखाकै कमल गुरुङ ले जितेका थिए उनले ४ खेलमा २ गोल गरेका थिए भने उनले खेल अबधी मा उत्कृस्ट नेत्रित्व का साथसाथै गोल सृजना मा पनि भुमिका खेलेका थिय, तेसैगरी प्रतियोगिता को उच्च गोल कर्ता पनि रास्ट्रबैंक शाखाकै जेनिश गुरुङ भएका थिए, उनले खेलभरी ५ गोल गरेका थिए ।

वर्ल्डलिङ्कमा आवद्ध कर्मचारीहरुलाई खेलकुदमा समेत सक्रिय गराउने उद्देश्यले प्रत्येक बर्ष  फुटसल टुर्नामेन्टको आयोजना गरिने  क्षेत्रीय मानव संसाधन प्रदेश ५  का प्रमुख सन्दीप कुमार सुबेदी बताए।

सुबेदीका अनुसार प्रदेश ५ मा विजेता भएको टिमलाई काठमाडौंमा हुने राष्ट्रिय  स्तरीय प्रतियोगितामा सहभागी गराइने छ। काठमाडौंमा हुने प्रतियोगितामा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै १/१ टिम सहभागी हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्