मधेश मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले मतदान गरेका छन् ।जसपा संसदीय दलका नेता यादव सुरुमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

तर सत्ता गठबन्धन परिवर्तन भएपछि यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्