नेपाल राष्ट्र बैंक भन्यो–‘एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ छ, अहिलेसम्म कुनै समस्या छैन’

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको वित्तीय अवस्था अहिलेसम्म स्वस्थ रहेको बताएको छ । राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलले बैंकमा विषयमा बाहिर चलेको जस्तो हल्ला नभएको र अहिलेसम्म बैंक स्वस्थ अवस्थामा रहेको बताए ।

‘सर्वसाधारणले भनेको जस्तो बैंक डुब्न लागेको अवस्थामा पुगेको छैन’, उनले भने ‘बैंकका सबै वित्तीय प्यारामिटर स्वस्थ अवस्था छन् । आम जनमानसको चासो बैंकले गरेको घरजग्गाको लगानीमा हो । बैंक रियल स्टेट क्षेत्रका कुल कर्जाको जम्मा १०.१४ प्रतिशत लगानी रहेको छ । बैंकहरूले २५ प्रतिशतसम्म घरजग्गा कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंकले रियल स्टेटमा ३० अर्ब ६८ करोड ९३ लाख (१०.१४ प्रतिशत) हो । राष्ट्र बैंक तयार पारेको एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा त २ करोडसम्मको व्यक्तिगत घर निर्माण कर्जाको हिस्सा नै २७ अर्ब ७५ करोड ३५ लाख रुपैयाँ (९.१७ प्रतिशत) रहेको छ । आम नागरिकको चासो बैंकको यो प्यारामिटरमा हो ।

एनआईशीले रियल क्षेत्रमा गरेको कर्जा कुल १०.१४ प्रतिशत कर्जामा कमर्शियल कम्पेक्स तथा बसोबास गर्ने अपाटमेन्टमा ०.२६ प्रतिशत कर्जा प्रवाह गरेको छ भने जग्गा तथा आयआर्जन गर्ने व्यवसायिक कम्पेक्स निर्माण गर्न ०.१७ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

अन्य रियल स्टेटमा ०.५३ प्रतिशत, जग्गा खरिद तथा प्लटिङमा ०.०२ प्रतिशत कर्जा प्रवाह गरेको छ ।
यदि बैंकमा समस्या आयो भने राष्ट्र बैंकले आम नागरिकको बचत डुब्न दिँदैन। तुरुन्तै ‘टेकओभर गरिहाल्छ’,सहप्रवक्ता पोखरेलले भने ‘राष्ट्र बैंकको हेराइ वा अध्ययनमा अहिलेसम्म बैंकमा कुनै समस्या छैन ।’

बैंकको एनपीएल १.१९ प्रतिशतमात्रै छ । यो भनेको बैंकको कुल कर्जाको जम्मा ३ अर्ब ६० करोड १६ लाख रुपैयाँमा मात्रै निस्क्रिय कर्जा हो । चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३.८१ प्रतिशत छ । यसरी समग्र बैकिङ क्षेत्रको निस्क्रिय कर्जाको अनुपातलाई हेर्दा एनआईसी एशिया बैंकको अनुपात निकै कम छ ।

बैंकको अवस्था मापन गर्ने अर्को महत्वपूर्ण वित्तीय प्यारामिटर भनेको क्यापिटल एडुकेशी रेसियो हो । बैंकको यो प्यारामिटर पनि राम्रो नै छ । बैंकको ११.७३ प्रतिशत क्यापिटल एडुकेशी रेसियो रहेको छ । बैंकको यो इन्डिकेटरले पनि बैंकमा कुनै रिक्स नभएको देखाउँछ भने बैंकको कोर क्यापिटल पनि ८.५ प्रतिशत भए पुग्नेमा ८.६४ प्रतिशत रहेको छ ।

१४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सेयर पुँजी रहेको बैंकको क्यापिटल फन्ड ३४ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने बैंकमा कुल ३ खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ आम लागनीकर्ताको निक्षेप रहेको छ । बैंकले रिक्स वटेज एक्पोजरमा मात्रै २ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ । बैंकसँग पुसमसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकद्वारा निर्देशित प्राथमिकता प्राप्त क्षेत्रमा २८.५६ प्रतिशत कर्जा प्रवाह गरेको बैंकले डेरिभेटिभ सेक्टरमा ५.०९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

बैंकको स्पेडदर ३.९९ प्रतिशत रहेको छ भने एसएलआर २६.६० प्रतिशत र सीडी रेसियो ७६.८६ प्रतिशत रहेको छ ।
चालु आवको दोस्रो त्रैमासम्म १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको बेसरेट झरेर ९.६८ प्रतिशतमा सीमित भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०८० फागुन २ मा सबै वित्तीय सूचक सामान्य अवस्थामा रहेको एनआईसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो पैसा झिक्न उक्साउँदै सामाजिक सञ्जालमा लेखे ।

‘एनआईसी एसिया बैंक डुब्दै छ । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला,’ भनेर प्रसाईंले सामाजिक सञ्जालमा लेखेपछि आम नागरिक तथा बचतकर्ताको चासो बैंकमा परेको छ र दैनिक नकारात्मक हल्ला आउन थालेपछि राष्ट्र बैंक आफैले वित्तीय एनआईसी एशिया बैंकको वित्तीय सूचकहरू तयार पारेर हल्लाको पछि नलाग्न भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्