माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो ।

बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार पदाधिकारी बैठकको निष्कर्षका आधारमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्