कुमारी बैंकको २३ औं साधारण सभा सम्पन्न, भित्रिए मुरारका

समाचार बिज
  • ख-
  • ख+

काठमाडाैं। कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सो सभाबाटमा पेश गरिएका आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको हो।

उक्त सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति समेत चुनेको छ। स्थापक शेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिलातर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्