जगदम्बा मोटर्सले बेच्यो १ लाख टिभिएस एन्टर्क स्कुटर, सेलिब्रेसन एनओजी राइड सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको छ। सोही अवसरमा कम्पनीले एनओजी राइड सफलतापूर्वक सम्पन्न गरेको छ ।माघ २७ मा आयोजित उक्त एनओजी राइड टिभिएसको नक्साल सोरुमबाट सुरु भएर शिवपुरीको द ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो।

एनओजी राइडमा सहभागीबीच विभिन्न गेम  खेलाइनुका साथै उपस्थित करिब १०० राइडरमाझ परिचय र अनुभव आदानप्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सहभागी सबै राइडरलाई सहभागिताको प्रमाणपत्र बाँड्नुका साथै उक्त राइडमा स्कुटर राखेर १ लाखको सुन्दर आकार बनाइएको थियो। राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाबारे विभिन्न जानकारी दिनुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षा सावधानीबारे प्रकाशत पारेका थिए।

pic-3-1707744915.JPG

प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेसनबारे जानकारी दिएकी थिइन् भने मार्र्केटिङ डेपुटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागीलाई स्वागत गरेको कम्पनीले बताएको छ।

pic-1707745078.JPG

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सका लागि लोकप्रिय छ। स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले टिभिएस एनटर्क ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ। २०१८ मा नेपालमा लन्च भएको स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १ लाख बिक्री भइसकेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्