पोखरा २७ मा समुदायका काँग्रेस अभियान

समाचार बिज
  • ख-
  • ख+

२० माघ, पोखरा । समुदायमा नेपाली काँग्रेस अभियान-२०८० अन्तर्गत शनिबार पोखरा महानगरपालिका वडा नं. २७ का विभिन्नस्थानमा कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस पोखरा २७ वडा कार्यसमितिले गरेको कार्यक्रममा स्थनीय पुनमगर समाज घर डाडाबारी जरुवामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, प्रशिक्षण विभागका सदस्य प्रा.डा. कुसुमाकर न्यौपाने लगायतका वक्ताहरुले संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम, कर्तव्य र अधिकारकाबारे छलफल चलाएका थिए ।

कार्यक्रममा पार्टीले खटाएका प्रतिनिधि एवं नेता कार्यकर्ताका साथै काँग्रेस महाधिवेशन प्रतिनिधि, भ्रातृसंगठनका प्रतिनिधि एवं शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको समेतको बाक्लो उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्