लक्ष्मी आदर्श माविले स्वर्ण महोत्सव मनाउने

समाचार बिज
  • ख-
  • ख+

वि स २०२५ सालमा टिनको बाकसमा सचिवालय खडा गरि स्थापना भएको  कास्की जिल्लाको पुर्व भेककै पुरानो विद्यालयका रुपमा चिनिदै आएको लक्ष्मी आदर्श माविले त्रिदिवसीय रुपमा स्वर्ण महोत्सव मनाउने भएको छ ।

चालु शौक्षीक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउदै आएको विद्यालयले आगामी फागुन १६,१७ र १८ गते स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेको सनिवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
वि स २०७५ सालमा नै ५० वर्ष पुरा गरेको विद्यालयले स्वर्ण महोत्सव गर्ने तयारी गरिरहदाँ काभिड महामारीका कारण स्थगित गरिएको स्वर्ण महोत्सवलाई भने यो वर्ष भब्यताका साथ मनाउने लागेको हो ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवंम स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम,पुरस्कार वितरण तथा बिद्यालय स्थापना कालदेखि शैक्षीक,भौतिक क्षेत्रमा सहयोग पु¥याउदै आउनु भएका चन्दादाता,जग्गादाता,अक्षयकोषदाताहरु लगाएतलाई सन्मान गर्ने कार्यक्रम समेत तय गरिएको बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् ।

स्वर्ण महोत्सवका सन्दर्भमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समारोह समिती र ३४ वटा विभिन्न उप समिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाईएको छ ।
स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण,फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने गरि तयारीलाई अगाडी वढाईएको हो ।

स्वर्णमहोत्सव तयारीका सन्दर्भमा राखिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं– २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्वर्णमहोत्सवलाई प्रभावकारी तरिकाले अगाडी वढाउनका लागि भुपु विद्यार्थी देखि अभिभावक र शिक्षकहरुले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए ।

साथै वडाअध्यक्ष गुरुङले स्वेदसमा नै रोक्नका लागि यसै शैक्षीक सत्र देखि महानगरपालिकाको आर्थीक सहयोगमा विद्यार्थीहरुलाई ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि प्लम्वि®मा ३३जना,सिलाईमा नौ जना,हेयर कटिङ मा १० जना,ईलेक्ट्रिकलमा १८ जना र ब्युटी पार्लरमा ५२ जना बिद्यार्थीहरुको भर्ना गरि पठन पाठनलाई अगाडी वढाईएको जानकारी गराएका थिए ।

बिद्यालय ब्यवस्थाप समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका प्रकाशन उप समितिका संयोजक चतुराखर अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकटेल र पुर्व विद्यार्थीहरुको तर्फबाट पुर्व न्याधिस वासुदेव न्यौपाने लगाएतले स्वर्ण महोत्सले विद्यालयको ईतिहासीक विषय वस्तुलाई आम जनमानसमा पु¥याउन सक्नु पर्ने धारणा राखेका थिए ।
उत्त विद्यालयमा चालु शैक्षीक सत्रमा एक हजार ६३ जना विद्यार्थीहरु अध्यनरत छन भने विद्यालयबाट अहिलेसम्म १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ प्रस्तुत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्