एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ ।

शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो ।

हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान गरिन ।

यस्तै ३८ बलको सामना गरेकी सिता राना मगरले १ चौका र १ छक्काको मद्दतमा ३६ रनमा अविजित रहिन् ।

 

दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए । यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि–२० मा तेस्रो सर्वाधिक साझेदारी पनि हो ।

रुबिना छेत्री भने शुन्यमा नटआउट रहिन् ।  १२ बलको सामना गरेकी ओपनर कविता कुँवरल ४ रन बनाएर आउट भइन ।

हङकङका लागि इक्रा सहर र कप्तान चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ जोडेको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८ रन, यास्मिन दस्वानीले १५ रन ओपनर नताशा माइल्सले ११ रनको योगदान गरिन् ।

हङकङका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए । यस्तै सिता राना मगरले १ विकेट लिइन् ।एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् ।

यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् ।  नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्