महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल

समाचार बिज
  • ख-
  • ख+

२४ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

२३ माघमा बसेको बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सो पदमा दिपेश लम्साललाई नियुक्त गरेको हो ।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि सञ्चालक समितिको निर्णय अनुसार निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

बैंकका नवनियुक्त सीईओ लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहेको बताए ।

उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरे ।

लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्