गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतद्वारा इमरान खान दम्पतीलाई ७ वर्षको जेल सजाय

समाचार बिज
  • ख-
  • ख+

इस्लामबाद, २१ माघ । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ ।

गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो ।

इमरान खानकी पहिलाे श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेकी थिइन । इमरानकी पूर्व पत्नी मनेकाले पनि उनीमाथि विवाह अघि एक्स्ट्रा वैवाहिक सम्बन्ध रहेको आरोप लगाएकी थिइन् ।

 

ट्रायल कोर्टले रावलपिंडीको अदियाला जेलमा १४ घण्टाको सुनुवाइपछि शुक्रबार राति सुनुवाइ पूरा गर्‍यो, जहाँ इमरान खान सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन् ।

पाकिस्तानी समाचार संस्थाका अनुसार  शुक्रबार अदालतले थप साक्षीहरू पेस गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो । यस बाहेक बेलको याचिका पनि अदालतले खारेज गरेको थियो । गत बिहीबारको सुनुवाइका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्काविरुद्ध आरोप लगाएका थिए ।

कुनै समयमा उनी आफ्नो बयान प्रमाणित गर्न पवित्र कुरानमा शपथ लिन तयार थिए तर न्यायाधीशले उनलाई यसो गर्दा उनले बहस गर्ने अधिकार गुमाउने बताएपछि उनी रोकिएकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

मनेकाले अदालतमा इमरान खानले आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै छोरीले पनि सम्बन्ध विच्छेदको सामना गर्नुपरेकाे बताएकी छन् । यस विषयमा बुशराबीबीले भनिन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, म झुक्दिनँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्