पोखरा विश्वविद्यालय अन्तर्गतका अन्तर कलेज प्रथम अखिल कप फुटसल प्रतियोगिता  माघ २८ र २९ मा हुने।

समाचार बिज
  • ख-
  • ख+

पोखरा विश्वविद्यालय अन्तर्गतका अन्तर कलेज प्रथम अखिल कप फुटसल प्रतियोगिता  माघ २८ र २९ गते काठमाण्डौमा हुने भएको छ ।

काठमाडौं स्थित धन्यतरी फुटसल ग्राउन्डमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पोखरा विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजले भाग लिने छन् ।

प्रथम संस्करणको सो प्रतियोगिताको विजेता टिमले १ लाख रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ६० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक उमेश भण्डारीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्