पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

समाचार बिज
  • ख-
  • ख+

पोखरा, १८ माघ/नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा पेट्रोलको मूल्य १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यसै गरी सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने देशभर १ हजार ९ सय १० रूपैयाँ भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्