क्यानाडामा ” मिसेस नेपाल क्यानडाको” पहिलो संस्करण सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

क्यानाडामा ” मिसेस नेपाल क्यानडाको” पहिलो संस्करण सम्पन्न भएको छ।

क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडामहिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्तमा आयोजनामा भएको थियों।

क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको उपाधि जीत्न सफल भएकी थीइन ।

क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनरअप भएका छन् त्यसैगरी
येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।

नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदुत रोजिना तम्राकारको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।

” क्यानडामा रहेका विबाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धी र अन्र्तनिहित प्रतिभा प्रदर्शन गर्नका लागि यस प्रतियोगिता क्यानडामा शुरुवात गरिएको “कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले भानिन ।

त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आपनो संस्थाको अन्तराष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्।

यस प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्