कामना सेवा विकास बैंकमा साइवर सुरक्षा सम्वन्धी प्रशिक्षण

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । कामना सेवा विकास बैंक लि.ले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साइबर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रहरी, साईवर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई वर्तमान अवस्थामा साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साइबर अपराध तथा अन्य साइबर सम्वन्धी जोखिमलाई न्युनीकरण गर्न बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।

प्रशिक्षणले बैंकका संचालक समिति तथा उच्च व्यवस्थापनहरुको साइबर जोखिम सम्वन्धी ज्ञान अभिवृद्धी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्