संविधानमाथि छेडखानी गर्नु राम्रो होइन : शशाङ्क कोइराला

समाचार बिज
  • ख-
  • ख+

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गरे ।

“लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन”, नेता कोइरालाले भने । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उनले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताए ।

फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताए । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो ।

उनले भने, “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।” सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो ।

“समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ”, उनले भने ।

विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्