पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना

समाचार बिज
  • ख-
  • ख+

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। १ जनवरी का दिन पोखरा ६, लेकसाईड स्थित क्रिस्टल महलमा सम्पन्न संयुक्त पदस्थापना कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व बिकासमा राज्य संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभयो। संसारका बिकसित देशहरूले युवाहरूलाई नेतृत्व लिनलाई प्रोत्साहन गरेको बताउदै देशको चौचर्फी बिकासमा युवाहरूको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिनु भयो। उक्त कार्यक्रममा पत्रकार महासघ कास्कीका सभापति बिमला भण्डारी, पर्यटन परिषद कास्कीका अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष संगिता पौडेल, पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर ईश्वर प्रसाद कर्मचार्य, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर रबिन्द्र गुरूङ, गण्डकी प्रदेश च्याम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पोखरा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी गणेश गिरीले गर्नुभएको थियो। उक्त कार्यक्रममा पोखरा जेसीज बर्ष २०२३ का अध्यक्षले बर्ष २०२४ का निर्वाचित अध्यक्ष जेसी देबराज शर्मालाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो भने अध्यक्ष शर्माले आफ्नो सञ्चालक समितिलाई सपथ खुवाउनु भएको थियो। सपथ ग्रहण पश्चात् २०२३ का अध्यक्ष जेसी गणेश गिरीले २०२४ अध्यक्ष जेसी देबराज शर्मालाई अध्यक्षीय पिन हस्तान्तरण गर्नु भएको थियो भने बाँकी कार्यक्रमको अध्यक्षता जेसी देबराज शर्माले गर्नुभएको थियो।

उक्त कार्यक्रममा पोखरा लेडी जेसीजका बर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मी कुँवर थापा लताले २०२४ का अध्यक्ष जेसी गायत्री फ्युयाललाई सपथ खुवाउनु भएको थियो भने बर्ष २०२४ का अध्यक्षले आफ्नो सञ्चालक समितिलाई सपथ खुवाउनु भएको थियो। सपथ ग्रहण पश्चात २०२३ का अध्यक्षले अध्यक्षीय पिन बर्ष २०२४ का अध्यक्ष जेसी गायत्री फुयाललाई हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रम पोखरा जेसीज बर्ष २०२४ का महासचिव जेसी तिलक प्रसाद लामिछाने र पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता गौतमले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसी सृजना आले ले गर्नुभएको थियो भने जेसीज आस्थापाठ जेसी निश्चल खरेलले गर्नुभएको थियो। धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी ई राजेन्द्र रानाभाटले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्