मिथिला युबा समाज द्वारा दोस्रो चरणको निशुल्क सेनेटरी प्याड बितरण

समाचार बिज
  • ख-
  • ख+

सिरहाको मिथिला युवा समाज निशुल्क सेनेटरी प्याड बितरण कार्यक्रमको दोस्रो चरणको कार्यक्रम सम्पन भएको छ।

युबा समाजले सिरहा न.पा. १५ सुखचैना मा महिनवारी जागरुकता अभियान को दोस्रो दिनमा महिलाहरुलाइ महिनाबारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी निशुल्क सेनेटरी प्याड बितरण गरेको छ  

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा शिक्षा ज्ञानको अभावमा महिनाबारीको समयमा ख्याल नदिदा हाल धेरै महिलालाई पाठेघरको संक्रमण भइरहेका छन ।

 

सो बारे कार्यक्रमहरु गरेर समाजमा रहेका यस्ता बिकृतिहरुलाई अन्त गर्न लागीपरेको सुनील साहले बताए । उनले,महिलाहरु लाइ आफ्नो स्वास्थ बारे शसकत हुनु आबश्यक देखिएको छ।

सो कार्यक्रममा एक सय भन्दा बढी महिला दिदीबहिनीहरु, मिथिला युवा समाज कल्याण को सदस्य ई. सुनिल साह ,योगेश यादव , सुरेश यादवले,सुनील यादव लगायतका पदाधिकारि र समाजसेबिहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्