” आंखैमा थियौ सानु” पशुपति म्युजिकले सार्वजनिक – गोविन्द पोख्रेल र सारिका केसीको अभिनय ।

समाचार बिज
  • ख-
  • ख+

अंग्रेजी नया वर्ष र क्रीसमस नजिकिँदै गर्दा, सुसमाचारमा आधारित  संगीत भिडियोहरू प्रकाशित भइरहेका छन्। यसै क्रममा नया नेपाली आधुनिक गीतमा आधारित ‘आंखैमा थियौ सानु” नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा राजकुमार बगर र शान्ति श्री परियारको आवाज सुन्न सकिन्छ त्यसैगरी गीत राजकुमार बगरले रचना गरेका हुन् ।

सम्पादन तथा रंग संयोजन मिलन विश्वकर्माले गरेका छन् भने सिनेमोटोग्राफी प्रकाश खड्काले गरेका हुन।

यस गीतको निर्देशन भने  बिक्रम चौहानले गरेका हुन।

म्युजिक भिडियोमा सारिका के.सी. र गोविन्द पोख्रेलकोलाई फिचरिङ गरिएको छ ।

नेपाली समाजलाइ र अहिलेको परिवेशको कथावस्तुलाइ चित्रण गरेर यस म्युजिक भिडियो मार्फत सुन्दर ढंगले प्रस्तुत गर्न खोजीएको छ।

भिडियो ‘पशुपति म्युजिक ” च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अडियो रेकर्डिङ त्रिवेणी डिजिटलमा गरिएको हो ।

https://youtu.be/N_V0-zdWV6Y?si=xf8cFfb1z6i2xbf1

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्