गेटामा अवरोध भएपछि गोविन्द केसी मन्दिरमा बसे अनशन

समाचार बिज
  • ख-
  • ख+

कैलाली । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न आएका प्रा.डा.गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय पुनर्स्थापना सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए ।त्यसपछि शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

सङ्घर्षरत समूहले डा। केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।

‘हामीले सुरुमा किन प्रतिष्ठान भनिरहनु भएको छ भनेर फोनमा कुरा गर्न खोजेका थियौँ’ सङ्घर्ष समितिले सहसंयोजक आनन्द भट्टले भने, ‘फोन न उठाएपछि हामी संवाद गर्न गेटा गयौँ । उहाँले विश्वविद्यालय बन्न नसक्ने आशय देखाएपछि हामीले विरोध गरेका हौँ । ’

डा. केसीले भने आफूले गेटामा अवरोध भएपछि लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेको जनाएका छन् । उनी धनगढीमा ती दिन सम्म असनले बस्ने डा। केसीका सहयोगी डा। अमृत जैसीले बताए ।

डा. केसी २० औँ अनसन पनि यहि बसेका थिए । २० औँ अनशन १३ दिन सम्म जारी रहेको थियो ।यसअघि काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा डा.केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र निःशुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बस्ने बताएका थिए ।

२०८० फागुन भित्र प्रतिष्ठान बनाउने र फागुन भित्र अध्ययन सुरु गर्ने बताएपछि २० औँ अनशन तोडिएको तर, अहिले त्यो निर्णय कार्यान्वयन नभएपछि पुन अनसन बस्नु परेको जैसीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्