नेपलिज क्यानडियन कमिनीटि सर्भिसले भूकम्प पीडितलाई सहयोग गर्ने रकम हस्तान्तरण

समाचार बिज
  • ख-
  • ख+

नेपलीज क्यानडियन कमीनिटी सर्भीसको अभियानबाट उठेको रकम जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न १०३२६ डलर रकम हष्तान्तरण गरेको छ।

संकलित रकम उक्त भूकम्पा परि मृत्यु भएका परिवारजनलाई राहत स्वरूप प्रदान गर्न प्रमुख प्रथमिकता दिनु उपयुक्त हुने ठानेर सम्बन्धित स्थानिय निकायका जिम्मेवार पदाधिकारी तथा समाजसेवि ब्यक्तित्व मार्फत प्रति परिवार रू. दसहजारको दरले मृतकका १०० घरपरिवारलाई आर्थिक सहयोग स्वरूप राहत हस्तान्तरण गरेको जानकारी संस्थाले दीएको छ।

” यस संस्थाले संचालन गरेको आर्थिक संकलन कार्यमा स्वस्फुर्त रूपमा सहभागि भैइ आर्थिक सहयोग प्रदान गर्नु हुने तथा यस कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष एवं परोक्ष रूपमा जोडिनु हुने सबैमा हृदय देखिनै धन्यवाद व्यक्त गर्दछ । साथै सार्वजनिक हितको कार्यमा यस संस्थाले भविष्यमा संचालन गर्ने अन्य अभियानहरूमा समेत यहाँहरूको यस्तै सकृय सहयोग, समर्थन र अपनत्व रहने छ भन्ने कुरामा संस्था पुर्णबिस्वस्थ छ” संस्थाको बिग्यप्तिमा उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्