नेपाली जनसम्पर्क समिति क्यानडाको बैठक सम्पन्न : महाधिबेसन प्रतिनिधि कार्बाहीमा,विधान अधिवेशनको टूंगो।

समाचार बिज
  • ख-
  • ख+

नेपाली जनसम्पर्क समिती क्यानाडाको कार्यसमिति  बैठक सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिती क्यानाडाका सभापती बुद्धि प्रकाश बली को अध्यक्षतामा बसेको बैठकले  नेपाली जनसम्पर्क समिती क्यानाडाले २०२४ अप्रिल २८ र २९ गतेका दिन विधान अधिवेशन तथा प्रशिक्षण कार्यक्रम गरीने र  अधिवेशनको केन्द्रिय प्रतिनिधीको लागी नेपाली जनसम्पर्क समिती अमेरीकाका सभापती तथा पूर्व केन्द्रिय आमन्त्रित सदस्य आनन्द विष्टलाई आमान्त्रण गर्ने निर्णय गरेको जनाएको छ।

विधान अधिवेशनको प्रमुख अतिथीका लागी नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा लाई आमान्त्रण गर्ने निर्णय गरेको जनाएको छ।

त्यसैगरी अनुशासन तथा मुल्यांकन समितीले महाधिवेशन प्रतिनिधीहरुले नीति तथा नियमको विरुद्धमा गतिविधी संचालन गरेको गराए‌को पाईएकोले निजहरु उपर कार्बाही सिफारीस गर्ने र निजहरु कमशः उदय दुरा, निराजन थापा, तुला भट्टचन लगाएतका व्यक्तीहरुलाई समिती मार्फत महाधिवेशन सम्पन्नका लागी बुझाउनुपर्ने दस्तुर असुल उपर गर्ने तथा रिक्त पदका लागी परिपुर्ती गर्नेका लागी सर्वसम्मतले अनुमोदन गरी केन्द्रिय कार्यालय लाई पत्राचार साथै  समितीका क्रियाशिल सदस्य रमेश रिजाल ले संगठनको निति नियम विपरीत गतिविधी मा संलगन भएकोले अनुशासन समिती मार्फत कार्वाही गर्ने निर्णय गरिएको
विज्ञप्तिमा जनाएको छ।

“नेपालको जाजरकोट लाई केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प पिडितका लागी नेपाली जनसम्पर्क समितीका कार्यसमितीका साथीहरु तथा शुभचिन्तकहरुद्वारा संकलित रकम एन आर एन ए क्यानाडा मार्फत हस्तन्तरण गरेको र सम्पूर्ण सहयोगीहरुलाई सहयोगका लागी धन्यबाद समेत गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्