माछापुच्छ्रे बैंकको एफआइएन पिओएस कारोबारमा अब साउन्ड प्रविधि पनि

समाचार बिज
  • ख-
  • ख+

माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पिओएस मेसिनमा इन्ट्यान्ट पेमेन्ट नोटिफिकेशन प्रविधिको शुभारम्भ गरेको छ। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको बैंकको दाबी छ।

नेपालभरका एफआइएन पिओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो।

अब माछापुच्छ्रे बैंकका एफआइएन पिओएस मर्चेन्टहरूले कार्ड, क्युआर (नेपाल पे र फोन पे वा एम स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत् हुने जानकारी बैंकले दिएको छ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

यस सुविधाबाट बैंकका हजारभन्दा बढी एफआइएन पिओएस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै अन्य कुनै मर्चेन्टहरूलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन्।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्