“नमस्ते रेडियो टोरन्टो” का संस्थापक अनिल थापालाइ लाई सीइएमय उत्कृष्ट पत्रकार अवार्ड ।

समाचार बिज
  • ख-
  • ख+

सन् २०२३ मा पत्रकारिता उत्कृष्टताका लागि क्यानेडियन एथनिक मिडिया एसोसिएसन अवार्ड  “नमस्ते रेडियो टोरन्टो” का संस्थापक नेपाली मुलुकका अनिल थापालाइ  क्यानेडियन एथनिक मिडिया एसोसिएसन (सीइएमय) ले ४५ औं वार्षिकोत्सव समारोह र पुरस्कार वितरण कार्यक्रममा सम्मानित गरेको छ।

सीइएमयले डकुमेन्ट्री, अनलाइन, सामुदायिक संलग्नता, टेलिभिजन, पोडकास्ट सुविधा, पोडकास्ट शृङ्खला, र नवाचार कोटीहरूमा जातीय मिडिया व्यवसायीहरूको असाधारण कामलाई सम्मान गरेको थियों।

नमस्ते रेडियोले   क्यानाडाको ईतिहासमा पहिलो नेपाली रेडियो संचालन गर्दै नेपालीहरुका आवाज लाई क्यानेडियन सरकार तथा नेपाल सरकारका माझ पुर्याउदै  नेपाली संचारलाई क्यानडमा स्थापना गरेको थियों।

सम्मान ग्रहण गरेपछि बोल्दै थापाले १८ वर्षदेखिको साथका लागि सबैलाई धन्यबाद दिँदै यो सम्मान क्यानाडाका सबै नेपालीको सम्मान भएको बताए।

नोभेम्बर  २५ मा  टोरन्टोको पेपरमिल थिएटरमा कार्यक्रम आयोजना भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्