नेपाली जनसम्पर्क समाज समिति क्यानडाले जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई १ हजार ३ सय १३ डलर सहयोग।

समाचार बिज
  • ख-
  • ख+

नेपाली जनसम्पर्क समाज समिति क्यानडाले  जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न १३१३.००  डलर गैरआबसिय नेपाली संघ क्यानडा (एनआरएनए)  क्यानडालाइ हष्तान्तरण  गरेको छ ।

कार्यक्रमको सभापति नेपाली जनसम्पर्क समाज समिति क्यानडाका बुद्धि प्रकाश वली,प्रमुख अतिथि बरिष्ठ कानुन ब्याबसायि अतुल सुबेदि ,बरिष्ठ उपसभापति सुरेश रजौरे , उपसभापती मुक्ति पौडेलले एनआरएनए  क्यानडाका उपाध्यक्ष कार्यक्रमका विशिष्ट अतिथि  किरोज श्रेष्ठ र एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीलाई उक्त रकम  हस्तान्तरण गरेका थिए ।

दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्णाली प्रदेश विपद व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारि एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त जानकारि दिएको छ।

कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समाज समिति क्यानडाका महामन्त्रि बसन्त कार्कीले गरेका थिए ।

नेपाली कांग्रेसको निति र सिद्धान्तलाई सजीवता दिलाउनका लागि निर्माण भएको जनसम्पर्क समिति क्यानडामाझ सन २०१३ मा स्थापना भएर विभिन्न क्यानडियन नेपालीबासीहरू माझ समाजिक कार्यहरू गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्