हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई

समाचार बिज
  • ख-
  • ख+

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।

भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ ।

एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो ।

करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्