सर्वोत्तम सिमेन्टको कट-अफ मूल्य ४०१ रुपैयाँ तय, सर्वसाधारणलाई भने ३६० रुपैयाँमै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको सेयरको कट-अफ मूल्य ४०१ रुपैयाँ तय भएको छ। योग्य संस्थागत लगानीकर्ताहरुले दिएको सिलबन्दी बोलकबोल सम्पन्न भए लगत्तै नेप्सेले सोमबार कट-अफ मूल्य निकालेको हो।

सर्वसाधारणले भने प्रतिकित्ता ३६०.९ रुपैयाँमा सर्वोत्तम सिमेन्टको आइपीओ भर्न पाउने भएका छन्। जुन कट-अफभन्दा १० प्रतिशत कम हो।

क्यूआईआई बाँडफाँट गर्दा निष्कासित सेयर ४०१ रुपैयाँमा पूर्णरुपमा बिक्री हुने भएपछि सो मूल्यलाई कट-अफ निर्धारण गरिएको नेप्सेले जनाएको छ। कम्पनीको सेयरमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेस गरेका थिए।

कम्पनीले मंसिर ६ गतेदेखि १० गतेसम्म क्यूआईआईलाई २४ लाख कित्ता सेयर निष्कासन गरेको थियो। संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ देखि ६०१ रुपैयाँ ५० पैसामा सेयर निष्कासन गरेको थियो।

योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको ७ दिनभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विवरण दिनुपर्छ। सेबोनले सन्तुष्ट भएर स्वीकृति दिएपछि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ।

सर्वसाधारणलाई सबै कुरा खुलाएर नयाँ विवरणपत्र सेबोनमा पेस गर्नुपर्छ। सेबोनले स्वीकृत गरेको ७ दिनभित्र आह्वान पत्र प्रकाशन गर्नु पर्नेछ। सर्वसाधारणले बाँकी ३६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसमा आरक्षणको सेयर पनि हुन्छ। कम्पनीको आइपीओमा ५० कित्ताभन्दा कम आवेदन दिन मिल्दैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्