नाडाको ४७औं साधारणसभा पुस २० र २१ गते काठमाडौंमा, नयाँ नेतृत्व चुन्ने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७औं साधारण सभा पुस २० र २१ गते काठमाडौंमा हुने तय भएको छ। सोमबार बसेको नाडाको कार्यसमिति बैठकले ४७ औं साधारणसभा पुस २० र २१ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।

साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ। निर्वाचनबाट एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य, ७ जना प्रदेश अध्यक्ष निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरू मध्यबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ।

चुनाव र नयाँ नेतृत्वको चर्चा भइरहे पनि हालसम्म कसैले पनि औपचारिक रूपमा अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छैनन्। व्यवसायीहरुले अबको केही दिनमानै आफ्नो प्यानलसहित उमेद्वारी घोषणा गर्ने तयारी गरिरहेका छन्।

हालसम्म तीन घरानाबाट नयाँ नेतृत्वको लागि तयारी भइरहेको जनाइएको छ। तर, पछिल्लो ‘ट्वीष्ट’ले भने अबको चुनावमा दुईजना मात्र अध्यक्ष पदमा उठ्ने लगभग निश्चित जस्तो भएको पनि बताइएको छ। यस्तै, केही व्यवसायीका अनुसार चुनाव नगरी सर्वसहमतीमा जान सक्ने सम्भावना पनि रहेको छ।

नाडाको निर्वाचनमा ३२०० मतदाता रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्