कर्माचार्य वेक्स एण्ड फुड्सलाई यस वर्ष पनि उत्कृष्ट करदाता सम्मान

समाचार बिज
  • ख-
  • ख+

पोखरा । कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले उद्योगलाई सम्मान गरेको हो ।

उद्योगतर्फ कर्माचार्य वेक्स उत्कृष्ट करदाता बनेको हो । राष्ट्रिय करदिवस तथा कर सप्ताहको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक बिक्रम कर्माचार्यले सम्मान ग्रहण गरेका हुन् । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले कर्माचार्यलाई सम्मान प्रदान गरेकी हुन् ।

गत वर्ष पनि कर्माचार्य वेक्स उद्योगतर्फ उत्कृष्ट करदाता घोषित हुँदै सम्मानित भएको थियो । पोखरा क्षेत्रका करदाता मध्य उद्योगतर्फ उत्कृष्ट घरदाता घोषित हुन पाउँदा गौरव महसुस भएको कर्माचार्यले बताए ।

आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाएको हो । यस वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ नारासहित राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्