पशुपति बिस्कुट तथा हेटौंडा डेरी प्रालि लेखनाथ महोत्सवको सहप्रायोजक

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ । लेखनाथ महोत्सवलाई पशुपति बिस्कुट तथा हेटौंडा डेरी प्रा.लि.ले साथ दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ५ देखि १६ गतेसम्म लेखनाथमा सञ्चालन हुने महोत्सवका लागि प्रालिले सहप्रायोजन गरेको संघका प्रथम  उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्र राज सुवेदी (राजु)ले जानकारी दिए ।

प्रालिका अध्यक्ष वसन्त चौधरी र संघका अध्यक्ष विनोद श्रेष्ठले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा आयोजना हुने महोत्सवहरु मध्ये सर्वाधिक धेरै दर्शकको उपस्थिति हुने महोत्सव मध्येमा लेखनाथ महोत्सव स्थापित छ ।

यस अगाडि महोत्सवको मुख्य प्रायोजन पोखरा इको रेड ब्रिक्स प्रालिले गरिसकेको संघका वरिष्ठ उपाध्यक्ष एवं प्रायोजक संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

यस पटकको महोत्सवको तयारी तिब्र बनाइएको र प्रायोजक खोज्ने काम भइरहेको संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्यले जानकारी दिए । लेखनाथको तालचोकस्थित डाँडाको नाकमा महोत्सवव हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्